जनकपुरधाम : जनकपुरको रामानन्द चोक देखि अस्पताल रोड जाने बाटोमा मोहन पान पसलमा हिजो राति चोरी भएको हो ।

जनकपुरमा रहेको रामानन्द चोक मध्ये  मुख्य चोक हो । यहा दिनमा करोडौको ब्यापार हुने गर्छन् ।   यहाँ फाटफुट सानो पसल देखी लिएर करोडौ मुल्य बराबरको पसलहरु छन् ।

चोरी हुने समान ३५ हजार मुल्य बराबरको समान रहेको भगतले बताए ।

जस्तै रेड्बुल,रजनीगन्धा,रिचार्ज, ७ बन्डल सिगरेट,नगत १३ हजार समेत चोरी भएको हो ।

तर केहि दिन देखि बराबर  चोरीको घटनाहरुमा वृद्धि भएको छ । रामानन्द चोक   पछिल्लो केहि दिनको अन्तरालमा दुई वटा पसलमा लाखौको चोरी भएको छ भने सानो तिनो चोरी कति भएको छ ।

बजार परिसरमा नै प्रहरी बिट रहेको र २४ औ घण्टा प्रहरीको निगरानी रहेको यो बजारमा नियमित रुपमा चोरी जस्तो घटना बढदै गई रहेको हुनाले यहांका स्थानिय ब्यापारीहरु त्रसित भएका मोहन पान  पसलका सञ्चालक पंकज भगतले बताए ।

चोरले सहजै रुपमा चोरी गरी फरार भएकोले प्रहरीमाथीको बिश्वास भने अब नरहेको सञ्चालक भगतले बताए ।