सप्तरी । देशमा थप १ हजार ८९७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् ।