मधेशटप,भदौ २१ ।

जनकपुरधाम  : जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा.सरोज सिंह कुशवाहाले मिथिलाको कला, संस्कृती, संगीत र साहित्य भारतिय उपमहादिप सहितका यस भुभागमा अवल दर्जाको रहेपनि राज्यको उदासिनता र प्रोत्साहनको अभावमा संरक्षण हुन नसकेको बताएका छन् ।

जनकपुरधाममा जसपा नेपालको महिला संगठन समाजवादी महिला संघद्वारा आयोजित गणेश चतुर्थी एवं तीज पर्वक शुभकामना अदान– प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यादवलेपुर्व मन्त्रि कुशवाहाले  मिथिलाको संस्कृती र संस्कारलाई यस भुभागमा जिवन्त राख्ने काम महिलाहरुले गरेको समेत बताएका छन् ।

उनले वाहिरी संस्कृतीको प्रभाव अरु धर्म र क्षेत्रमा धेरै परेपनि मिथिला कला र संस्कृतीमा त्यसले प्रभाव जमाउन नसकेको भन्दै संस्कृती बचाउने महिलाहरुको धन्यवाद दिएका छन् । जसपा नेपालक नेतृ रेणु यादवले महिला प्रेमको प्रतिक रहेको जस्ले देउवा जस्तै श्रीमान र परिवारलाई पनि पुज्ने गरेकाले महिलाकै कारण समाजमा प्रेमको सञ्चार भइरहेको बताइन ।

कार्यक्रममा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गर्दै महिलाहरुको वृति विकासका लागि प्रदेश २ सरकार तत्पर रहेको बताए । कार्यक्रममा पूर्व राज्य मन्त्री कुशवाहा, प्रतिनिधिसभा सांसद प्रमोद साह, प्रदेश सांसद अशोक यादव, निरा साह, महिला संकी प्रदेश अध्यक्ष संजीला यादव सहितको उपस्थिती थियो ।