सप्तरी । देशमा थप १ हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १५ हजार ३४ जनाको परीक्षण गर्दा १४ सय २३ पिसीआर र २ सय ५४ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय २८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन् ।