उमेश कुमार साह

बोदे बर्साईन : सप्तरीको बोदे वर्साईन नगरपालिका वडा नम्बर – ७ मा कर्तब्य ज्यान गरि फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानिय दानालाल यादव रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो

२०६२ साल आश्विन २६ गते बुधबार बाडा दशैंको दिन दिउँसोको समयमा सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ७ फुलहरा टोल बस्ने गंगाराम कापैरलाई (मकैया) भन्ने सचिव कुमार सदा , बिजय धामी यादव , दानालाल यादव सहितकाले कर्तब्य गरि मारेका थिए ।

गंगाराम कापैरका दाई बिजय नारायण कापैरले आफनो भाईका हत्या गरि मारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उनीहरु बिरुद्ध जाहेरी दिएको थियो ।

२०७३ साल बैशाख २२ गते कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले दोसी ठहर गर्दै दनालाल यादवलाई बिस बर्ष कैदको फैसला गरेका थिए ।

फरार रहेका दनालाललाई गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी नायब  निरीक्षक जय प्रकाश साहको कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाका सप्तरीका प्रहरी निरीक्षक बिरेन्द्र पासमान बताएका छन् ।

यता पक्राउ परेकालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराजस्थित कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।