मनोज मोरबैता,

जनकपुरधाम । दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ ।

दुई महिना अगाडी मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

महरालाई सहयोग गर्नको लागि विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ कतारले रु ४१ हजार पठाएको थियो ।

उक्त रकम बुधबार जनमत पार्टीका युवा नेता धिरज मण्डल, दलित जनमत संघ धनुषाका उपाध्यक्ष राम दियाल मुखिया, पार्टीको विदेह नगरपालिका ४ का सल्लाहकार इब्राहिम प्रमाणी, स्थानीय छो

टन महराले महराको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

उपचार गराउन धेरै समस्या भइरहेको अवस्थामा कहिंकतैबाट सहयोग नभएपछि निराश भएको अवस्थामा जनमत पार्टीका नेताहरुले गरेको सहयोगले आफ्नो उपचार हुने उनले बताए ।

पीडित महराले सहयोग गर्न रकम पठाएको गैर आवासीय मधेशी संघलाई धन्यवाद समेत दिए ।
विपन्न परिवारमा जन्म भएका पिडित अजय महरालाई उपचार गराउन निकै समस्या भइरहेको खबर पाएपिी जनमत पार्टीका नेता कार्यकर्ताहरुले पहल गरेका थिए ।

गैर आवासीय मधेशी संघ जनमत पार्टीको भातृ संगठन हुन् ।
संघले विपन्न परिवारहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ईन्जिनियर शम्भुनाथ साहले बताए ।