सप्तरी । सप्तरीको विभिन्न ठाउँमा छुट्टाछुट्टै घटनामा एकै दिन तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

चन्दनले आफ्नै घरमा जडा गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रम्मा करेन्ट लागेर घटना स्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानाएको छ। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरी जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ कचन्दाहा बस्ने २५ बर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको छ ।

मृतक छारे रोगको बिरामी रहको बुझिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यसैगरी राजबिराज नगरपालिका वडा नम्वर ५ स्थित राजविराज–कुनौली सडक खण्डमा बिहीबार साँझ बिष्णुपुर तर्फ जादै गरेको को ७ प ४४१० नम्बरको मोटरसाइकललाई बिपरित दिसातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सबार विष्णुपुर गाउँपालिका वडा नम्वर ५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको मृत्यु भएको छ ।

शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ। ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको छ ।