कोरोना अपडेटः थप १ हजार १४६ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप १ हजार १४६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार १४६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ९ सय ६१ पिसीआर र १८५ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३६ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।