सप्तरी । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाको उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको आरोपीलाई प्रहरीले पक्राउगरेको हो ।

२० भाद्र सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त पीडित परिवारका आफन्त नै रहेको खुलेको छ । अभियुक्तले हत्या स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ । हत्यामा कति जना संलग्न थिए भन्नेबारे प्रहरीले पछि जानकारी दिने बताएको छ । योजनावद्ध तरिकाले हत्या भएको खुलेको छ ।

अभियुक्तलाई आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको जनाइएको छ । ।