जनकपुरधाम : राष्ट्रीय एकता अभियान सप्तरीले केंद्रीय उपाध्यक्ष सुनीता साह जी को शुभजन्मदिन उपलक्ष्यमा मधेश आंदोलन२०७३फागुन २३ गते मलेठमा नरसंहार भएको शहीद परिवार शहिद विरेन्द्र मेहताको घरमै गई तिनका ४ छोराछोरी र सासू श्रिमति रंजना मेहता जो सबजि बेचेर घरपरिवार जसोतसो चलाउदै आइरहेकि हुनाले २५के.जि चामल,२ किलो दाल,२ लिटर खाने तेल,१ पाकेट नुन,स्वाबिन,नुहाउने साबुन १ पिस ,कपडाधुने साबुन १ पिस २ दर्जन कोपि ५० पिस पेन्सिल २० पिस कट्टर,१० पिस लेजर बिचमा राहत बितरण गरी मनाएको छ।

राष्ट्रीय एकता अभियान सप्तरी का संयोजक शिवशंकर शास्त्री को नेतृत्वमा गरिएको राहत बितरणमा अभियानका योगानंद साह महिला सदस्य पुष्पा स्वर्णकार लागयत को उपस्थिति रहेको थियो भने प्रमुख अतिथि उपाध्यक्ष सुनीता साह रहनु भएको थियो।