सप्तरी । देशमा थप ९ सय ९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ९ सय ९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ९ हजार ८ सय ४० परिक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७६ हजार ३ सय ३५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३८ हजार ३४ जना संक्रमणमुक्त भएका छन् ।