सिरहा । सिरहाबाट दुईजना महिलालाई पक्राउ परेका छन् ।

सिरहाको नरहा नगरपालिका वडा ३ स्थित चोहर्वाबाट दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

दुई युवतीलाई बेचबिखनको लागि भारतीय सीमातर्फ लैजादै गरेको अवस्थामा दुई युवतीसहित दुई महिलालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढिमाई नगरपालिका वडा १ की ३५ वर्षीया उषा देवी मलाह रहेकी छन् । युवतीहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

युवतीहरु बेचबिखन तथा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा युवतीको उद्धार र संलग्नलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार, ती महिलाहरुले युवतीहरुलाई लहान आश्रममा मासिक ५० हजारको काममा लगाइदिने भनी ललाइफकाइ प्रलोभनमा पारेर भारततर्फ लगिरहेका थिए ।