काठमाडौ। प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभााको नवौं अधिवेशनअन्तर्गत चौथो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले आजको बैठकमा सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले प्रतिनिधिसभाको बैठक अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे थप जानकारी दिन एमाले संसदीय दलको बैठक आजै अपराह्न १२ बजे बस्दैछ ।