सप्तरी । देशमा थप ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ११ हजार १८ जनाको परीक्षणबाट ८ सय ३८ पिसीआर र ७३ जनाको एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय २३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३९ हजार ४ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।