सप्तरी । देशमा थप १ हजार ४८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ४८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १६ हजार ५ सय ३९ जनाको परीक्षणमा ११ सय ४९ पिसीआर र ३ सय ३७ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४० हजार ७ सय ७० जना संक्रमणमुक्त भएका छन् ।