सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४० हजार ७ सय ७० जना संक्रमणमुक्त भएका छन् ।