जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका वडा न. ६ हातिसर्वा  एक कार्यक्रम समारोह बीच अर्थ मन्त्रि साहले भन्नु भयो कि सरकारी बिद्यालयको गुणस्तर बढाउनु पर्छ समेत प्रतिबद्धता व्यक्त गरेका छन ।

यतिखेर नेपालका सरकारी तथा बोडिङ स्कुलका  बिद्यार्थीहरु माध्यमिक शिक्षा परिक्षाको (एसईई) नतिजाको पर्खाईमा बसिरहेका छन् । बोडिङ स्कुलका अधिकांश बिद्यार्थीको चिन्ता पास फेलको भन्दा उत्कृष्ट ग्रेडको देखिन्छ भने अधिकांश सरकारी बिद्यालयका बिद्यार्थीको चिन्ता पास फेलमा छ (डि भन्दा माथी) । बिद्यालय छनोट गर्ने अभिभाबकले अघिल्लो बर्षको नतिजा हेरेर बालबच्चा भर्ना गर्ने हुँदा बोडिङ स्कुललाई राम्रो नतिजा ल्याउनु पर्ने बाध्यता छ र सोहि अनुसार तयारी गर्दछन् । ठुलो लगानीका साथ बालबच्चालाई बोडिङ स्कुलमा पढाउने अभिभाबकलाई पनि उसको पढाई प्रति चासो र चिन्ता हुन्छ ।

महोत्तरीको भंगहा नगरपालिका वडा न. ६ हास्तिसर्वामा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत   श्री लक्ष्मी मा.बि हातिसर्वा  विद्यालय राधापुरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

श्री लक्ष्मी मा.बि हातिसर्वाको व्यवस्थापन समितिको अध्यक्ष श्री मधुरी यादवको अध्यक्षता र प्रमुख अतिथि प्रदेश न. २ का अर्थ मन्त्रि शैलेन्द्र प्रसाद साह सहित विशिष्ट अतिथि न.पा. का नगर प्रमुख संजिव कुमार साह,बिशेष अतिथि जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र न.१ क प्रत्यासी उम्मेदवार लक्ष्मी महतो  समेतको उपस्थिति रहेको थियो ।

बोडिङ स्कुललाई राम्रो नतिजा ल्याउनु पर्ने बाध्यता छ, किनकि यो उनिहरुको सेवा र ब्यबसाय दुबै हो । सरकारी स्कुलमा यस्तो चिन्ता अलि कम हुन्छ । सरकारी बिद्यालयमा अर्को बर्ष बिद्यार्थी भर्नासँग यो बर्षको नतिजाको खासै सम्बन्ध छैन, पायक पर्ने, पढ्न मन लाग्ने आउँछन्, भर्ना हुन्छन्, नहुने हुँदैनन्  समेत मन्त्रि साहले बताए ।

अधिकांश सरकारी बिद्यालयका बिद्यार्थीका अभिभाबकलाई नतिजा आउने दिन मात्र छोराछोरीको पढाईको चिन्ता हुन्छ, बाँकि दिन घरको काममा सघाईदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ । नतिजा आएसँगै सबैको औंला सरकारी बिद्यालय र त्यहाँका शिक्षक तिर फर्किने गर्दछ मानौं कि बच्चा फेल हुनुको कारण शिक्षक मात्र हो । बाँकि दिन कसैलाई त्यता तिर ध्यान दिने फुर्सद हुँदैन ।

के सरकारी बिद्यालयका बिद्यार्थी असफल हुनुमा बिद्यालय र बिद्यालयका शिक्षक मात्र जिम्मेवार छन् ? हो एउटा जिम्मेवार पक्ष बिद्यालय र त्यहाँ पढाउने शिक्षक हुन् । तर, स्वयं बिद्यार्थी, अभिभावक, समाज र सरकार पनि यसका प्रमुख भागीदार हुन् ।

सोमबार  भएको एक  समारोह आयोजन गर्दै कक्षा ९ मा अध्यनरत  छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ९ तह अध्यनरत श्री लक्ष्मी मा.बि हातिसर्वा,श्री राष्ट्रिय आधारभूत बिद्यालय भाग्बतिपुर सग्राम्पुरमा ३२,६६ दुबई स्कुलमा जम्मा कक्षा ९ मा अध्यनरत ९८  छात्राहरुलाई  प्रदेश न. २ का अर्थ  मन्त्रि  शैलेन्द्र प्रसाद साहद्वारा  साइकल बितरण गरिएको छ।