वीरगञ्ज । भारतबाट निजी क्षेत्रको कार्गो रेल वीरगञ्ज आइपुगोको छ ।

नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल बुधबार विहान १०स्१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो ।

यसअघि भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए। भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।