पर्सा । १०३ किलो गाँजासहित एक जना पक्राउ परेकका छन् ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले १०३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोला बस्ने बर्ष २८ का बुद्ध बहादुर व्लोन लामा रहेका छन् ।

सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पि.टोलीले विशेष सूचनाको आधारमा निकुञ्‍ज कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।

लामाको साथबाट गाँजासहित, २ सेट मोवाइल र झोला समेत बरामद गरेको जनाएको छ ।