सप्तरी । देशमा थप १ हजार ७६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १२ हजार ५ सय २४ जनाको परीक्षणमा १३ सय ३२ पिसीआर र ४ सय २८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ४ सय २५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४३ हजार ५ सय २७ जना संक्रमणमुक्त भएका छन् ।