जनकपुरधाम। धनुषाको  शहिदनगर नगरपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर स्तरीय प्रशिक्षण भेलामा नगर अध्यक्ष श्रीकृष्ण भिनवारको अध्यक्षतामा एअनेशिसंका केन्द्रिय अध्यक्ष क. शंकर अधिकारी ज्यु को प्रमुख आतिथ्य , नगर प्रमुख  मेयर उदय कुमार बरबरिया यादव तथा प्रदेश न.२ को अध्यक्ष भुपनारायण अधिकारी यादवको विशिष्ट आतिथ्य तथा अतिथिहरु ने.शि. महासंघका केन्द्रिय सदस्य दिनेश राय, प्रदेश २ को राहत संयोजक गुलाब चन्द्र यादव , जिल्ला अध्यक्ष धर्मेन्द्र यादव , उपाध्यक्ष लोकेन्द्र यादव , जिल्ला सचिब देबनन्दन ठाकुर , सबैला न. पा. सचिब मनोज यादव प्र. अ. श्रीप्रसाद गोहिबार यादव , नगर शिक्षा समिति सदस्य प्रदिप साह लगायत एअनेशिसं आबद्ध नगर पदाधिकारी, बालबिकाश शिक्षक, कार्यालय सहयोगी, राहत , बिस्थापितशिक्षक , अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

त्यस अबसरमा मेयर उदय कुमार बरबरिया यादवले आफुले शिक्षक पेशा लाई सम्मान गर्दै शुरु देखी नै बालबिकाश शिक्षकहरु लाई प्रोत्साहन गर्न थप रकम दिदै आएको पोशाक भत्ता पनि उपलब्ध गराउदै आएको बिस्थापित शिक्षकहरु लाई मनोबल उच्च राख्न पुन: बिधालयमा खटाइ नगरपालिका बाट रकम छुट्याएको तथा अन्य शिक्षकहरुका लागि पनि समयानुकूल बन्न/ बनाउन प्रबिधि मैत्री सिपमुलक तालिमहरुको ब्यबस्थापन गरेको कुरा बताउनु भयो ।

 

केन्द्रिय अध्यक्ष क. शंकर अधिकारी ज्यु ले शोषित पीडित बाबबिकाश, कार्यालय सहयोगी, राहत , उच्च मा. बि. दरबन्दी , बिस्थापित शिक्षक , अन्य शिक्षकहरुको बारेमा समसामयिक बिषयबस्तुहरुको बारेमा सम्बोधन गर्दै केन्द्रिय स्तरका केहि सूचना प्रशिक्षण दिनुभयो सो अबसरमा नगर अध्यक्ष श्रीकृष्ण भिनवारले केन्द्रिय अध्यक्ष , प्रदेश अध्यक्ष , जिल्ला अध्यक्ष तथा मेयर बरबरिया प्रती आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।