पर्सा । अर्काको नाममा परीक्षा दिने एक युवक पक्राउ परेका छन् ।

अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ बस्ने २० वर्षीय राजचन्द्र दास रहेका छन् ।

सोही नगरपालिका ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिईरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।