उमेश कुमार साह,

बोदे बर्साईन: सप्तरीको बोदे बर्साईनमा नगरपालिका वडा नम्बर ९ देउरी गाउँमा नाग बाबा पुजा मेला लागने भएको छ ।

असोज ४ र ५ गते लाग्ने मेलाको लागि गाउँमा बसेको एक भेलाबाट कामेश्वर यादवको संयोजकमा २१ सदस्य मेला आयोजक समिति गठन गरेका छन् । भने मेला अनुगमन समितिमा वडा अध्यक्ष तपसी यादव, दिनेश कुमार यादव, राजदेव यादव, विजली यादव, उमेश कुमार साह रहेका छन् ।

वडा नम्वर ९ का अध्यक्ष तपसी यादवका अनुसार हिन्दु धर्मका मान्यता अनुसार नागको पुजा गर्नाले सर्पहरुका राजा नाग देवता खुशी हुन्छन् त्यसैले नाग पुजाको आयोजना गरेको हो । उनले भने गाउँमा अहिले सम्म कसैलाई पनि सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनु परेको छैन । भने नाग बाबा पुजा गहबर नजिक समैय समैयमा नाग बाबा निस्केर दर्शन दिने गरेको उनले बताए ।

नाग बाबा गहबरमा निर्माण मुर्ती श्रद्धालु भक्तजनको मनोकामना पुरा भएपछि बनाउने गरेको छ । साथै विभिन्न चढावाहरु समेत चढाउने गरेको भाकल पुरा भएका व्यक्तिहरु नाग बाबाको परर्तिमा बनाउने आफनो पालो कुरेर बसेको छ । भागवान श्री कृष्ण, नाग बाबा, नागीन र गरुल महराजको मुर्ती बनाउने गरेका छन् ।

यसपाली मुर्ती मनोकामना पुरा भएका नाग बाबा गहबरमा बनाउने मुर्तीको खर्च बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ बगबिरा निवासी रामअशिस मण्डलले ब्योहरेका छन् । मुर्ती बनाउने सुप्रसिद्ध मुर्तीकार तरही निवासी नागेश्वर विश्वकर्मा रहेका छ ।

पुजा, मेला लाग्ने खर्च स्थानीय गाउँललेको चँदा र नगरपालिकाले १ लाख दिने भएको छ र मेलामा आयोजक समितिले सास्ंकृतिक कार्यक्रमको समेत आयोजना गरेको आयोजक समितिका संयोजक यादवले जानकारी दिए ।