जनकपुरधाम। आज  विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आरकेस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महोत्तरीको मधवापुर् मठिहानी नाकाबाट नेपाल प्रवेश गरेका प्रवेश गरेका २८ जना र कटकटैया नाकामा ९ जनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले टुडेपाटीलाई जानकारी दिए ।

नियन्त्रणामा रहेकाहरु बढी महिला छन् ।

उनीहरु शुक्रबार दिउँसो आरकेस्ट्रा कार्यक्रम गर्न नेपाल आएका थिए ।

यस्तै विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न भागमा प्रतिवन्धको अवज्ञा गरी आयोजन गरेको आरकेस्ट्रा तथा नाच प्रोग्राम बन्द गराइएको एसपी आचार्यले जानकारी दिए ।