राजविराज । अपहरण मुद्दाका एक फरार प्रतिवादी दश वर्षपछि पक्राउ परेका छन् ।

सप्तरीमा अपहरण मुद्दाका एक फरार प्रतिवादी दश वर्षपछि विहिवार पक्राउ परेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शिव कुमार मण्डल रहेको प्रहरीले जानकारी दिएका छन् ।

मण्डलले २०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस–७ का ४५ वर्षीय जसकरण चौधरीलाई अपहरण गरेका थिए ।

सोही मुद्दामा सप्तरी जिल्ला अदालतले २०७१ बैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेका मण्डललाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लले बताए । यता मण्डललाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।