मधेशटप डेस्क, 

जनकपुरधाम : प्रदेश न. २ का अस्थायी राजधानी  नकपुरधाम भ्रमणमा आएकी  नेपालकी पुर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामको एक विद्यालयमा फिल्टर रहित खानेपानी बोतल वितरण गरेकि छिन ।

पुर्व युवराज्ञी हिमानी शाहले सोमवार जनकपुरधामस्थित सकल भवन कन्या माविका छात्राहरुलाई खानेपानी बोतल वितरण गरेकि हुन ।

हिमानी ट्रष्टको माध्यमले वितरण गर्न जनकपुरधाम आएका हिमानीले कन्या माविका करिव ४ सय विद्यार्थीलाई आफै पानी सफा हुने खानेपानीको बोतल वितरण गरेकि छिन ।

जनकपुरधामको पानीमा आईरणको मात्रा बढी रहेकोले छात्राको स्वास्थ्यलाई मध्येनजर गर्दै आफै पानी सफा हुने प्रबिधीयुक्त पानीको बोतल वितरण गरेको ट्रस्टका अधिकारीले बताए ।