रुपन्देही । रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् । उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोप लागेको छ ।

पशुपतिनाथ दर्शनका लागि आएका पर्यटकसँग नेपाल प्रवेश गराउने नाममा उनीहरुले घुस मागेको रुपन्देही प्रहरीले जनाएको छ ।ती पर्यटक गुजरात ट्राभल्समार्फत आइतबार नेपाल आएका थिए ।

प्रहरीलाई घुस दिनका लागि भन्दै ८ जना पर्यटकबाट प्रतिव्यक्ति ५ सय भारु बसका कर्मचारीले उठाएका थिए । त्यसपछि उनीहरुले उजुरी गरेका थिए । यस घटनामा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।