जनकपुरधाम :  विभिन्न पार्टी परित्याग गरी धनुषाको बटेश्वर गाउँपालिका रमौली टोलमा १ सय ५० जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

जसपा पार्टी परित्याग गरी लामो समय देखि स्वतन्त्र रुपमा समाज सेवामा लागेका नेता राजुराज गिरीले आँफु सहिँत जीतपुर ७ नम्बर वडाबाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बटेश्वर गाउँपालिका वडा न.४ रमौलमा आयोजित पार्टी प्रवेश कार्यक्रमाम निबर्तमान प्रदेश सभा सदस्य एवं पार्टी जिल्ला
इन्चार्ज रामचन्द्र मण्डलले आउँनेलाई अबिर र माला लगाएर पुर्व मन्त्री महतो नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुँन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि जुली महतोले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस रमौल जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।

नेकपा एमाले धनुषाको  का पुराना एवंम् अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा होत्तरी जिल्ला अध्यक्ष टेक बहादुर बलमपाटी ज्युको बिशिस्ट अतिथि , पार्टी प्रदेश कमिटी सदस्य मनोज खडका , भुब्यसआको अध्यक्ष रामचरित्र साह , धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव र गाउँ – पालिका अध्यक्ष दम्बर बहादुर राउत ज्युको अतिथि तथा पार्टीका नेता वडा न .२ को अध्यक्ष गङ्गाराम कुवर ज्युको अध्यक्षता लगायत पार्टीका स्थानीय अगुवा नेताकार्यक- र्ताहरुको उपस्थितिसयौं  रहेको थियो ।