जनकपुरधाम : सप्तरीको छिन्नमस्ता-४ मा रहेको  समाज उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा तथा संस्था घोषणा सभा सम्पन्न भएको छ ।

सप्तरीको  छिन्नमस्ता-४ मा रहेको माज उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड  मंगलबार  एक कार्यक्रमका बिच माज उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न  भएको  छ ।

प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सहकारी संस्थाहरुको माध्यमबाट मुलुकमा रोजगारी तथा आर्थिक समृद्धिमा टेवा पु¥याएको बताएका छन् । मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ स्थित समाज उत्थान बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साहले देश विकास र आर्थिक समृद्धिको क्षेत्रमा सहकारी संस्थाहरुको योगदान अविस्मरणीय रहेको बताए । देश निर्माणमा सहकारी संस्थाहरुको अहम् भूमिका रहेको छ, मन्त्री साहले भने, मुलुकमा रोजगारी र आर्थिक समृद्धि कायम गर्न सहकारी संस्थाहरुको ठूलो योगदान रहेको छ ।

सहकारी संस्थाहरुले उत्पादनमूखी योजनाहरुमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले प्रदेश सरकार सहकारी संस्थाहरूको बिकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । सामाजिक विकास र रुपान्तरणको प्रमुख आधार सहकारी क्षेत्र भएकोले उल्लेख मन्त्री साहले सहकारी संस्थाहरुलाई समाजप्रति उत्तरदायी भएर कार्य संचालन गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष भरत यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादव, मधेश प्रदेश समितिका सदस्य एवम् सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, जिल्ला अध्यक्ष केदार यादव, छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामानन्द पंडित, ३ का वडा अध्यक्ष चुनचुन साह, जसपा गाउँपालिका अध्यक्ष महेश यादव, नेपाली काँग्रेसका कुलानन्द यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।