काठमाडौं । मलेसियामा अवै‘ध बच्चा जन्माई मारेर लुकाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ ।

मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारेर लुकाएको आरोपमा नेपाली महिलालाई पक्राउ गरेको हो ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।