सप्तरी । पाँच हजार भन्दाबढी विद्यार्थीहरु पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका छन् ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाभरिका विद्यार्थीहरू पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका हुन् । छिन्नमस्ता गाउँपालिकामा गाउँ सभा नभएका कारण विद्यार्थीहरु विना पाठ्यपुस्तक नै विद्यालय जान बाध्य भएको जनाइएको छ ।

कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालयहरू छिन्नमस्ता गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार हिजो बिहीवारदेखि सञ्चालनमा आएका छन् ।

पाठ्यपुस्तक नै नभएपछि विद्यालय गएर पनि बालबालिकाले के पढ्छन् रु भनेर अभिभावकले गुनासो गरेका छन् । भविष्यका कर्णधार भनिने बालबालिकाको जीवनसँग खेलबाड भइरहेको उनीहरू बताउँछन् ।