सप्तरी । देशमा थप १ हजार ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५८ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन् ।