जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो अनियमितता बारे पत्रकार सूचना दिएको भन्दै एक कर्मचारीमाथि हातपात गरेका छन ।

मेयर दास आफू सहित तीनजना मिलेर नगरपालिकामा कार्यरत कृषि अधिकृत चन्देश्वर ठाकुरमाथि हातपात गरेका हुन । ठाकुरले भने मेयर साहबले आफूलाई आफ्नै कार्यकक्षमा हात गरेका छन । उनले भने आफू काम गरिरहेको बेला मेयर दास एक्कासी एक वडाध्यक्ष सहित समर्थक मेरो कार्यकक्षमा आई पत्रकारलाई अनियमितता बारे किन सूचना दिएको गाली गलौज गर्दै तिघ्रामा दुई लाती हान्यो ।

मेयर दाससंग वडा नम्बर ५ का अध्यक्ष अंगद राय र उनका कार्यकर्ता शत्रुध्न राय समेत आफूलाई धक्कामुक्की गर्दै गालीगलौज गरेको उनले बताए । आफूले कसैलाई कुनै सूचना नदिएको भन्दाभन्दै मेयरले लातीले हानी दिए ।

केही दिन अगाडी बाख्रा वितरणमा व्यापक अनियमितता भईरहेको भन्दै संचार माध्यमहरुमा सामाचार बाहिरिएका थिए । सो समाचार उल्लेखित सूचना आफूले नदिएको आरोप मेयर दासको आफूमाथि रहेको ठाकुले भने ।

चन्देश्वरले नगरपालिकाबाटै बोर्डिंग, दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम लगायतका कार्यक्रम संचालन गर्दै आईरहेको थिएँ । सो कार्यक्रम संचालन गरेवापत मेयर साहबले १२ लाख रुपैयाँ कमिशन र प्रक्रिया नपुगेको भएपनि मलखाद्यको फाइल अघि बढाउन भनिरहेको कुरा आफूले नमानेपछि पत्रकारलाई सूचना दिएको भन्ने इस्यू बनाई आफूमाथि हातपात गरेको उनको भनाई रहेको छ ।

ठाकुरले भने ‘आफूमाथी भएको हातपातको विषयमा पालिकाका प्रशासकीय अधिकृतलाई समेत जानकारी गराए तर कुनै वास्ता गरेनन ।

यता मेयर दासले आफू कुनै कर्मचारीलाई कुटपिट नगरेको दाबी गरेका छन भने नगरपालिकाका प्रशासकीय अधिकृत संजिवकुमार साहले कुनै कर्मचारीमाथी हातपात नभएको जनाएको छ ।