असोज ८ ,गौशाला
महोत्तरीको सोनमामा सवारी दुर्घटनामा परि चारजना धाइते भएका छन् ।
बिहिबार १२ः३० बजेको समयमा सोनमा गाउँपालिका वडा न.३ रघुनाथपुर स्थित प्रदेश २-०२-००३ प.३२०३ नं. को मोटरसाईकलले पैदल यात्रीलाई पछाडी बाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि सोनमा गाउँपालिका वडा न.३ रघुनाथपुर बस्ने बर्ष ६० की सोनावती देवि, बर्ष ३५ की अनिता देवि , बर्ष ४५ कि मिना देवि र मोटरसाईकल चालक सोनमा रघुनाथपुर नै बस्ने करिब २५ वर्षीय मोहित सहनी रहेका छन् ।

उनीहरुलाई उपचारको लागि स्थानीय क्लिनिकमा पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाइ नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै महोत्तरीको एकडारा गाउँपालिकामा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्री घाइते भएका छ । घाइते हुनेमा स्थानीय छेदु रामको छोरा करिब १३ वर्षीय बिकास राम रहेका छन् । शुक्रबार १२ः१५ बजेको समयमा एकडारा गाउँपालिका वडा न.२ स्थित ज.८ प.४९५३ नम्बरकोको मोटरसाईकलले उनलाई ठक्कर दिदा उनि घाइते भएका हुन् ।

घाइते भएका रामलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोहि स्थान निवासी करिब १५ वर्षीय देवन कुमार यादव समेत घाईते भएका हुन् । उनलाई पनि उपचारको लागी जिल्ला अस्पताल जलेश्व र पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।