जनकपुरधाम, ९ असोज ।  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको आइतबार बस्ने भनिएको प्रदेश २ सभा संसदीय दलको बैठक सोमबार हुने भनिएको छ ।

बैठकका लागि लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर आइतबार(आज) जनकपुरधाम आएका छन् ।

जनकपुरधाम आज आएका अध्यक्ष ठाकुर आज महोत्तरीमा आयोजित कार्यक्रमहरूमा सहभागी हुने भएकाले बैठक सोमबारका लागि सारिएको हो ।

सोमबार हुने बैठकमा प्रदेश २ सभाका संसदीय दलका नेता चयन हुने कार्यक्रम छ ।

संसदीय दलका नेताका लागि पार्टीभित्र प्रदेशसभा सदस्यहरू जितेन्द्र सोनल, सुरिता साह र उपेन्द्र महतो आकांक्षी समेत रहेका बताइएको छ ।

नवगठित पार्टीलाई नयाँ शिराबाट संस्थागत र संगठित गर्नुपर्ने चुनौतीका बीच संसदीय दलका नेता सर्वसम्मतबाटै छनोट हुने सम्भावना रहेको छ ।