सिरहा ,
सिरहा नवराजपुर गाउँपालिका वडा नं.१ बस्ने वर्ष ३४ का राम प्रकाश भन्ने पशुपति यादव पक्राउ परेका हुन् ।

लागूऔषधसहित पक्राउ परेर अनुसन्धानको क्रममा रहेका यादव गएको असाढ २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासतको झ्याल तोडेर भागेका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ५ बजे सिरहा सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको जनाएको छ ।