वीरगञ्ज । राष्ट्रिय एकता अभियानले वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएको छ ।

प्रदेश २ लाई तालिबान बनाउन खोजेको भन्दै वीरगञ्जमा राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएको हो ।

मदरशा विधेयक ल्याएर प्रदेश २ लाई तालिबान बनाउन खोजेको भन्दै अभियानले शनिबार वीरगञ्जमा नाराबाजी गर्दै मुख्यमन्त्री राउतको तस्बीरसहितको पोस्टर जलाएको छ ।

नाराबाजीको क्रममा अभियानका नेता तथा कार्यकर्ताहरुले मदरशा विधेक खारेज गर, प्रदेश २ लाई तालिबान बनाउन पाउँदैदन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लागएका थिए ।

वीरगञ्जको माइस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस महानगरको परिक्रमा गरि घण्टाघरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै राष्ट्रिय अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा नेपालमा मदरशा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालबान बनाउ खोजेको आरोप लगाए । उनले मदरशा विधेयक खारेज नगरे मुख्यमन्त्री विरुद्ध कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिए ।