जनकपुरधाम, १० असोज । प्रदेश २ का पुर्व आन्तरिक मामिला तथा कनुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा एवम् जनता समाजवादी पार्टीका प्रदेश सांसद कुशवाहाले “छोरी शिक्षित भएर घरनै शिक्षित हुने”  जसपाका जिल्ला सदस्य रबिन्द्र सिंहले बताएका छन् । बताएका छन् ।

महोत्तरीको मनरा सिसवा नगरपालिका – २ श्री ने.रा. कु. आ मा  आयोजित साइकल   कार्यक्रममा ११ छात्रालाई  वितरण गरे। उनले छोरी नभए संसार चल्न सक्दैन, छोरी जगत जननी हुन, छोरी बिनाको जिवन कल्पना पनि गर्न सकिदैन ।”

उनले छोरी पछाडी पर्नुको मुख्य कारण आमा नै रहेको तथ्यलाई उजागर गर्दै मन्त्री साहले छोरालाई निजी विद्यालय, छोरीलाई सामुदायिक विद्यालय, छोरालाई भात, दाल, तरकारी र छोरीलाई बासी भात समेत दिएर यस्तो चरित्र त्याग्न सबैलाई आग्रह समेत गरे।

उनले भने,‘ कुनै पनि पार्टी सिद्धान्त, नीति तथा कार्यक्रमबाट जनतामाझ लोकप्रिय हुने हो । अहिलेको अवस्थामा जसपाभन्दा बढी उन्नत, परिस्कृत तथा जनहितकारी सिद्धान्त र कार्यदिशा कुनै पार्टीले अवलम्बन गरेको छैन । त्यसैले यो पार्टीको जनस्वीकार्यता बढी छ ।’

कार्यक्रममा प्रमुख अतिथी पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा,जसपाका नगर संयोजक महेन्द्र राय मुखिया, जसपाका केन्द्रिय परिषद दिपक झा(गुडु), जिल्ला सदस्य रबिन्द्र कुमार सिंह, संजय सिंह, वडा न.२ का  अध्यक्ष  बिनोद सिंह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  अनिल सिंह क्षेत्रीय अध्यक्ष गगनदेब यादव लगायतको उपस्थिति थियो ।