सप्तरी । देशमा थप ८ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ८ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार २४ घन्टामा १३ हजार ७ सय ३६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६१ हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।