जनकपुरधाम, असोज १० गते । जनकपुरको पीडारीचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यू भएको हो । दासको घटनास्थलमै मृत्यू भएपछि आक्रोसित स्थानीयले उक्त टिपरमा आगजनी गरेको बताइएको छ ।

चौराहामा गलत बाटोबाट हिडेपछि टिपरले दासलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृ-त्यू भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको पनि उनले बताए ।

आगजनीबाट टिपर क्षतिग्रस्त बनेको छ । अहिले पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।