विराटनगर, ९ असोज । विराटनगर स्थित डिभिजन वन कार्यालयमा राखिएको वायु प्रदुषण सुचक बिग्रीएको छ । सुचकले नयाँ तथ्याँक अपडेट नगरेको ३ महिना भइसकेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

सुचकको स्कृनमा सँधै एउटै तथ्याँक देखिएपछि स्कृनमा जडान गरिएको विद्युत कटौती गरिएको डिभिजन वन कार्यालय मोरङका सुचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए ।

करिब एक वर्ष पहिले जडान गरिएको सुचकको स्कृनमा देशभरका विभिन्न स्थानको वायु प्रदुषणकोे मात्रा देखिन्थ्यो । सुचकले सहि तथ्याँक नदेखाएपछि वातावरण विभागलाई जानकारी गराईएको ठाकुरले बताए ।

तर, वातावरण विभागले सुचक मर्मत र तथ्याँक अपडेटमा चासो नदेखाएपछि सुचकको स्कृनमा जाने विद्युत कटौती गरिएको उनको भनाई छ । वातावरण विभागले प्रदेश १ का ५ स्थानमा वायु प्रदुषण मापम जडान गरेको थियो । तर, कुनै पनि मापकले हाल काम नगरेको ठाकुरले बताए । वायु प्रदुषण मापकले सहि तथ्याँक नदेखाएपछि प्रदेश १ को राजधानी विराटनगरलगायत देसभरको प्रदुषणको अवस्था अज्ञात रहेको छ ।

सुचकले मानवस्वास्थ्यलाई हानी गर्ने गरी वायु प्रदुषण भएको स्थानको रातो र वायु प्रदुण न्यून भएको स्थानको हरियो रंगमा तथ्याँक देखाउँथ्यो । देसभरका मुख्य शहरहरूको वायु प्रदुषणको मात्रा सुचक जडान भएका जुनसुकै स्थानबाट पनि वायु प्रदुषण मापक सुचकको सहायताले हेर्न सकिन्थ्यो ।

तर, सुचक विग्रीए पछि वायु प्रदुषणको मात्रा पत्ता लगाउन , सम्बन्धीत निकायलाई सुधार गर्न र स्थानिय वासिन्दाहरूलाई सचेत गराउनसमेत असम्भव भएको छ ।

गत वर्ष सुचकले विराटनगरको वायु प्रदुषणको मात्रा बढेर मानवस्वास्थ्यलाई जोखिम हुने स्तरमा पुगेको तथ्याँक देखाएपछि विराटनगर महानगरपालिकाले नगरवासीलाई सचेतसमेत गराएको थियो ।

 

 

नयाँ उपकरणहरू जडान गर्ने तर, मर्मत संभार र सञ्चालनमा ध्यान नदिने प्रबृत्तीले सरकारले वातावरण प्रदुषण नियन्त्रणमा गरेको लगानी खेर गइरहेको छ ।