महोत्तरी,असोज १० गते : महोत्तरी जलेश्व्र नगरपालिका वडा न.३ मलिवारा स्थित शनिबार करिब २२:३० बजेको समयमा परालको थुप्रोमा वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २ वटा पोकामा कुर्था सुरुवाल सेट १२३ पिस (अं. मुल्य रु. १,१०,७००/- बराबरको ) समान बरामद भएको छ ।

प्रहरी चौकि भिठ्ठामोड महोत्तरीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा र सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।