• विष्णु गुप्ता

महोत्तरी असोज १२ : जानकी महिला जागरण समाज धनुषा द्वारा मुसहर समुदायलाई लक्षित गर्दै । महोत्तरी जिल्ला का विभिन्न स्थानियतहमा वसोवास गर्दै आईरहेका अपाङ्गता भएका व्यक्तिहरुमा सहायक सामग्री वितरण गारिएको छ ।

अपाङ्ग पुनस्र्थापना केन्द्र मलंगवा,सर्लाही को सहयोगमा चिकित्सक द्वारा अपाङ्गता भएका व्यक्तिहरुको कार्यगत क्षमताको क्षति तथा कमजोरी परिक्षण गरी अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताको आधारमा स्ट्रिट चाइल्ड अफ नेपालको सहकार्य तथा युकेएडका आर्थिक सहयोगमा जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर मुसहर समुदायका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक शशिभुषण रायले बताउनुभयो ।

उहाँले यस अन्तर्गत जिल्लाको जलेश्वर,मटिहानी नगरपालिका तथा पिपरा, महोत्तरी र एकडारा गाऊँपालिकामा वसोवास गर्दै आई रहेका ६ पुरुष तथा ४ महिला गरि १० जना मुसहर जातिका वासिन्दाहरुलाई सहायक सामग्री वितरण गरिएको बताउनुभयो ।

अपांगता सहयोग कार्यक्रम अन्तर्गत एकजनालाई कृत्रिम हात,एकजनालाई कृत्रिम दुईवटा खुटटाका साथै अन्यहरुलाई आवश्यक्ता अनुसार जाँच गरि ह्विल चेयर,वैशाखी,ट्वाईलेट चेयर,ट्राई साईकिल,नि क्याप लगायतका विभिन्न सहायक सामग्री दिइएको हो ।

यस अघि पनि साउन महिनामा जिल्लाको गौशाला,जलेश्वर,भंगहामा,मटिहानी नगरपालिका का ३३ जना मुसहर जातिका वासिन्दाहरुलाई सहायक सामग्री वितरण गरिएको बताउनुभयो ।

राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेका मुसहर समुदायको उत्थान गर्न निरन्तर काम गर्दै आएको जानकी महिला जागरण समाज धनुषाका अध्यक्ष शशिभुषण रायले मुसहर समुदायमा विद्यालय छाडेर घरको काममा पिल्सिएकी छोरी र बुहारी कखरा सिक्न थालेको खुशीसंगै उनको परिवारका सदस्यहरुको अपांगता कम गर्न प्रयास गर्न पाउदा सेवाप्रति थप उर्जा थपिएको बताए ।