जनकपुरधाम। जनकपुरधामको अस्पताल रोडमा रहेको एक कपडा पसलमा भिषण आगलागी भएको छ ।

रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा मंगलबार करिब १२ बजेतिर आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगीलागी भएको पसल संचालकको एक जना आफन्तले  बताए  ।

आगलागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट भएको छ । आगलागीबाट लाखौको क्षती भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाईएको थियो । थप जानकारी आउन  बाकी।