जनकपुरधाम : प्रदेश न. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले विश्वासको मत लिनका  तयारी गर्नुभएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री  राउतले प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गर्नुभएका  छन् ।

प्रदेश न. २ का  अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनुहुने छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको १ महिना  भन्दा बढी भएको हो ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको रहेको  छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उहाँसँग स्पष्ट बहुमत रहेका छन्  ।

सरकारको विपक्षमा नवगठित (लोसपा) नेपाल र नेकपा एमाले रहने छन् । करिब दुई महिनापछि प्रदेशसभा बैठक बस्न लागेको हो । बैठक लामो समयदेखि नबस्दा प्रदेश सरकारको आलोचना भइरहेको छ ।