सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ब्यबहार गरेका छन् ।

वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश प्रसाद साहमाथि दुर्ब्यबहार गरेका हुन् ।

हावाहुरीले जोबहा प्राकृतिक वनमा ढलेको करिब १ करोड मूल्य बरावरको सखुवा काठ केही समय अगाडिदेखि संकलन गरी उक्त ठाउँमा राखिएको थियो ।

वडा ९ स्थित जोभा प्राकृतिक वनबाट संकलन गरेर राखिएको काठ चोरी गरेर लगिरहेको अवस्थामा सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । चालकले आफूलाई वडाध्यक्षले नै लान भनेको बताएपछि स्थानीयले काठसहित जेसीबी र चालकलाई प्रहरीमा बुझाएका थिए ।

घटनाको बारेमा रिपोर्टिङका क्रममा प्रहरी कार्यालय मिर्चैया पुगेका नेपाल पत्रकार महासंघ सिराहा शाखाको पत्रकार साह माथी वडा अध्यक्ष कामती संग आएका १०,१२ जनाको समुहले दुर्ब्यबहार र हातपातको प्रयास गरेका छन् ।

तस्करीमा सँगल्न वडा अध्यक्ष कामतीलाई कानुनी कारबाही अगाडि बढाउन जरुरी छ भने काठसहित जेसिबी जिल्ला वन कार्यालय लहान पठाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।