जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाईकलमा सवार सबै ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार ज्यान जानेमा लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका११ का २१ का कुनाल कुमार साहको सननखत भएको छ । दुइजनाको परिचय खुलेको छैन ।

घटना विषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।