काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदन बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गरेकी हुन् ।