मधेशटप,असोज २२ गते ।

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुर लाई ओलीमै बनाउने युवा नेता साह लाई प्रदेश कमिटी वाट बायकट।
ओली निकट मानिने एमालेका धनुषाका युवा नेता शम्भु साहलाई प्रदेश कमिटिबाट बायकट्ट गरिदिएको छ ।

मधेश आन्दोलनको बेला जनकपुरका ओली र एमाले निषेधित क्षेत्र घोषणा गरिएको ठाउँमा समेत आन्दोलनको नेतृत्ग गरी ओलीलाई जनकपुर प्रवेश गराउने एमालेका युवा नेता साहलाई प्रदेश कमिटीमा अटाउन दिएको छैनन् ।

एमालेको तर्फबाट जनकपुरसहित धनुषामा सधैँ आन्दोलनको अगुवाई र नेतृत्व गर्दै आएका युवा नेता साहलाई प्रदेश नम्बर २ को प्रदेश कमिटिमा नाम नदिएपछि उनले असन्तुष्टि जनाएका छन् ।

विभिन्न समयमा जनकपुरमा आफ्नै नेतृत्वमा आन्दोलन, रयाली, नारा, जुलुस गराएका साहलाई पार्टीको प्रदेश कमिटीले नपत्याउँदा असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेको प्रदेश २ कमिटिमा मनोयन गरिएको २४ सदस्यीय कमिटीमध्ये १८ जना सदस्य धनुषाकै रहेका छन् । एक जना महोत्तरीबाट, एक जना रौतहटबाट र चार जना बाराबाट मनोनित गरिएको हो ।

कुनै बेला जनकपुरको आन्दोलनको केन्द्रबिन्दु मानिने जनकचोकलाई मधेशवादी दलहरुले एमाले निषेधित क्षेत्र घोषणा गरेको बेला युवा नेता साहले सो निषेधित क्षेत्रमा पसेर एमालेको तर्फबाट नेतृत्व गरी नाराजुलुस गरेका थिए ।

राम जन्मभूमि ठोरी अयोध्या र बुद्ध नेपालको लुम्बिनीमा जन्मेका बारेमा नेपालका तर्फ बाट एक्लो अन्तर्राष्ट्रिय मिडिया z news मा कडा interview दिने साह लाई पार्टी पंक्तिले अनदेखा गरेकै हून।

एमालेमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कट्टर समर्थक मानिएका साहले एक्लो मात्र मधेशवादी दलसँग एमालेबाट जुधेका थिए । तर, प्रदेश कमिटिमा उनलाई नअटाएपछि उनी असन्तुष्ट भएका छन् ।

प्रदेश कमिटिमा धनुषाबाट सँजीव झा सुरज, बेचन दास, लक्ष्मीनारायण यादव, सबिता यादव, देव नारायण राय (ज्वाला) , लक्ष्मण मण्डल, महेश ठाकुर, हाकिम राईन, सरोज मिश्रा, उमाशँकर साह, लक्ष्मण यादव, सुशिल दास, रामचन्द्र मण्डल, सँजीव यादव, गीता साह, कमलदेव यादव, दिनेश सिँहलाई मनोनित गरेको हो ।

हालै मात्र नेकपा एमालेमा गएका जनकपुरका सरोज मिश्रलाई प्रदेश कमिटिमा मनोनित गरिएको छ भने कैयौँ बर्षदेखि एमालेमा आफ्नो जीउ ज्यान लगाएका शम्भु साहलाई प्रदेश कमिटिबाट आउट गरिएको हो ।