मधेशटप,

जनकपुरधाम, असोज २२ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव शनिबार जनकपुर आउने भएको  छ ।

आफ्ना पार्टीका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा चारजनालाई शुक्रबार मन्त्री बनाएर जसपा अध्यक्ष यादव जनकपुर आउन लागेका छन् ।

एकसाता अघि जनकपुरमा बसेको प्रदेश २ मधेश समितिको बैठकमा गरेको निर्णय कार्यान्वयन गर्न अध्यक्ष यादव जनकपुर आउन लागेको जनाइएको हो।

जनकपुर आए लगतै जसपाका अध्यक्ष यादवले पार्टी तथा कमिटी समायोजन घोषणा गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष यादव शनिबार ४ : २०  जनकपुर आउन लागेको प्रदेश सरकारका प्रवक्ता  एवंम्  प्रदेश २ सरकारका अर्थमन्त्रो शैलेन्द्रप्रसाद साहले  मधेशटपलाई बताए  ।

मन्त्री साहका अनुसार आइतबार अध्यक्ष यादवले समायोजनको घोषणा गर्ने छन् ।